थप समाचार बुधबार, माघ १, २०७६

अष्ट्रेलियाको डढेलोबाट निस्किएको धुवाँले पृथ्वी घुम्ने नासाको भनाइ

हिमालखबर

अष्ट्रेलियाको डढेलोबाट निस्किएको धुवाँले पृथ्वी घुम्ने नासाको भनाइ

तीन महीना देखि नियन्त्रणमा आउन नसकेको अष्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वी एक फन्को घुमाउने नासाले जनाएको छ ।

पृथ्वी एक फन्को घुमाएर फेरि अष्ट्रेलिया नै पुग्ने पनि नासाले जनाएको छ । नासाका अनुसार, नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भइसकेको छ । जसले ८ जनवरीसम्म आधा पृथ्वी घुमिसकेको छ ।

अष्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा लागेको डढेलोको धुवाँ प्रशान्त महासागर तर्फ बढेको नासाले जनाएको छ । अष्ट्रेलियाको डढेलोमा परी २८ जनाको मृत्यु भएको छ भने दुई हजार बढी घर ध्वस्त हुनाका साथै ५० करोड बढी जंगली जनावर मरिसकेका छन् ।

यो डढेलोबाट जलवायु परिवर्तनमा असर पुग्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस