थप समाचार मंगलबार, पुस २९, २०७६

निर्भया काण्डका दोषीको याचिका सर्वोच्चद्वारा खारेज, २२ जनवरीमा मृत्युदण्ड

हिमालखबर

निर्भया काण्डका दोषीको याचिका सर्वोच्चद्वारा खारेज, २२ जनवरीमा मृत्युदण्ड
तस्वीर: माइनेसन

भारतको सर्वोच्च अदालतले निर्भयाको सामूहिक बलात्कार काण्डका दुई दोषीले दिएको क्युरेटिभ याचिका खारेज गरेको छ । घटनामा दोषी ठहर भएर फासीको सजाय पाएकामध्ये दुईजना दोषी विनय शर्मा र मुकेश सिंहले क्युरेटिभ याचिका दायर गरेका थिए ।

सर्वोच्चको यस निर्णयपछि निर्भयाका आमा आशा देवीले खुशी व्यक्त गरेकी छन् । पछिल्लो सात वर्षदेखि छोरीको न्यायका लागि लडिरहेकी उनले २२ जनवरीमा उनीहरुलाई फासी दिएपछि मात्रै छोरीले पूर्ण न्याय पाउने प्रतिक्रिया दिएकी छन् ।

न्यायाधीशहरू एनभी रमना, जस्टिस अरुण मिश्रा, रोहिंटन फली नरीमन, आर भानुमति, अशोक भूषणको इजलासले विनय शर्मा र मुकेशको निवेदनमाथि सुनुवाइ गरेका थिए ।

प्रतिकृया दिनुहोस