थप समाचार मंगलबार, पुस २९, २०७६

ह्यारी र मेगनलाई स्वतन्त्र रहन बेलायती महारानीको स्वीकृति

हिमालखबर

ह्यारी र मेगनलाई स्वतन्त्र रहन बेलायती महारानीको स्वीकृति
तस्वीर : डेलिएक्सप्रेस

बेलायती महारानी एलिजावेथले आफ्ना नाती ह्यारी र उनकी पत्नी मेगनलाई राजपरिवारको जिम्मेवारीबाट आंशिकरुपमा स्वतन्त्र रहन स्वीकृति दिएकी छन् । त्यसलाई संक्रमणकालिन अवधि भन्दै उनले बेलायत र क्यानडा दुवैतर्फ समय विताउन पाउने गरि उनीहरुले गरेको निर्णयलाई स्वीकार गरेकी हुन् ।

ह्यारी र मेगन दुवै पूर्णकालिन रुपमा राजकीय जिम्मेवारीमा नै रहेको देख्न चाहे पनि उनीहरुको चाहनाप्रति पूर्णरुपमा सहयोग गर्दै त्यस्तो निर्णय गरेको महारानीले बताएकी छन् ।

स्वीकृति दिए पनि यसलाई उनले निर्णय भने मानेकी छैनन् ।

उनले सोमबार एक विज्ञप्ति जारी गरी अन्तिम निर्णय भविष्यमा लिन सकिने भन्दै आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

ह्यारी दम्पत्तीले आफूहरु राजपरिवारको जिम्मेवारीबाट टाढा रहन चाहेको बताएपछि बेलायतको शाही परिवार उनीहरुको भूमिकाबारे छलफल गरिरहेको थियो ।

 

प्रतिकृया दिनुहोस