थप समाचार सोमबार, पुस २८, २०७६

काँग्रेस नेता पौडेल उपचारका लागि नयाँ दिल्ली प्रस्थान

हिमालखबर

काँग्रेस नेता पौडेल उपचारका लागि नयाँ दिल्ली प्रस्थान

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सोमबार नयाँ दिल्ली गएका छन् ।

रक्तचापको बिरामी रहेका पौडल स्वास्थ्य उपचारका लागि दिल्ली गएको उनका स्वकिय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

नेपालमा टिचिङ्गलगायतका अस्पतालमा उपचार गराए पनि रक्तचाप बढ्ने र घट्ने समस्यामा सुधार नभएपछि थप उपचारका लागि पौडेल दिल्ली गएका हुन् । पौडेलसँग उनका छोरा साथमा गएका छन् ।

उनले दिल्ली जानुअघि काँग्रेसका अरु नेतासहित सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

चेकजाँचपछि डाक्टरको सल्लाहअनुसार उनी नेपाल फर्किने छन् ।

प्रतिकृया दिनुहोस