समाचार सोमबार, पुस २८, २०७६

एकवर्षमा ४ अर्ब ५ करोड ३७ लाखको भ्रष्टाचार, १ सय ४७ वटा 'स्टिङ अप्रेशन'

हिमालखबर

एकवर्षमा ४ अर्ब ५ करोड ३७ लाखको भ्रष्टाचार, १ सय ४७ वटा 'स्टिङ अप्रेशन'
तस्वीर: राष्ट्रपतिको कार्यलय ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/०७६ मा मात्रै नेपालमा ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँ बराबरको भ्रष्टाचार र अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई २९ औं बार्षिक प्रतिवेदन बुझाउदैं यो तथ्याँक सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा अख्तियारले विशेष अदालतमा दर्ता गरेका ३ सय ५१ मुद्दामा ४ अर्व विगो मागदाबी गरेको उल्लेख गरेको छ भने भ्रष्टाचार तथा अनियमिततामा संलग्न ८ सय ९४ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको बताएको छ ।

प्रतिवेदनअनुसार २ सय ५६ जना अधिकृत, सहायक र सहयोगी ३ सय ८४ र जनप्रतिनिधी ९५ जना भ्रष्टाचार र अनियमितताको आरोपमा मुछिएका छन् । आयोगले विभिन्न घटनामा बिचौलियाको भुमिका खेल्ने १ सय ५९ जनालाई समेत पक्राउ गरेको जनाएको छ ।

आयोगले यस आर्थिक वर्षमा १ सय ४७ वटा 'स्टिङ अप्रेशन' गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस