थप समाचार सोमबार, पुस २८, २०७६

पर्यावरण जोगाउन भत्काइयो १९ तलाको भवन, हजारौ‌ं विस्थापित

हिमालखबर

पर्यावरण जोगाउन  भत्काइयो १९ तलाको भवन,  हजारौ‌ं  विस्थापित
अबैधानिक तवरले निर्माण गरिएको भवनलाई विष्फोट गराएर भत्काउँदाको दृश्य । तस्वीर : एएफपी

दक्षिण भारतको केरलामा नियम विपरीत बनेको एउटा विशाल भवनलाई विष्फोटमार्फत भत्काइएको छ । त्यसको कारण थियो पर्यावरणिय नियमको उल्लंघन गर्नु ।

केरलाको एउटा प्रसिद्ध तलाउलाई छेकेर बनाइएको उक्त १९ वटा तला र ९० वटा अपार्टमेन्ट भएको भवनलाई विष्फोट गरेर एकैपटक भत्काइएको थियो ।

उक्त भवनले वर्षौंदेखि गएको मे महिनामा भारतको सर्वोच्च अदालतले तटीय नियमको उल्लंघन गरेको फैसला नगरेसम्म जमिन ओगटेर कारोबार गरिरहेको थियो ।

केरलाको कोच्चि शहरमा बनेको यस भवनका ३४३ वटा फ्ल्याटहरु बिक्री भएका थिए । अहिले त्यहाँ अपार्टमेन्ट किनेका मानिसहरुका लागि आफ्नो पैसा फिर्ता पाउन निकै ठूलो कानूनी लडाईं लड्नु परिरहेको छ ।

शनिबार भवन भत्काउनुभन्दा पहिले साइरन बजाएर सबैलाई सुरक्षित रहन चेतावनी दिइएको थियो । आसपासमा दमकल र एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको थियो ।

मानिसहरु उक्त भवन भत्काएपछि आफ्नो भवनमा पर्न जाने असरका बारेमा चिन्तित थिए । नभन्दै त्यती ठूलो भवनलाई विष्फोट गराएर भत्काएपछि केही भवनहरु चर्किन पुगेका छन् । उनीहरु अहिले त्यहाँबाट अस्थायी रुपमा बाहिर बसोबास गर्नुपर्ने बाध्यातामा पुगेका छन् ।

यसरी निस्किनेमा करिब दुईहजार भन्दा बढी घरपरिवार छन् ।

सन् २००६ मा एउटा स्थानीय निकायले निजी कम्पनिलाई भवन निर्माणका लागि अनुमति दिएको थियो । तर अघिल्लो वर्ष सर्वोच्च अदालतले त्यसलाई गलत भएको र पर्यावरणलाई असर गरेको भन्दै फैसला गरिदियो ।

अदालतले उच्च ज्वार त्यसैमा तटीय क्षेत्रमा करोडौँ मानिसहरु बस्ने र यस्ता भवनहरुले  धेरै ठूलो क्षति निम्तयाउन सक्ने भनेर फैसला गरेको थियो ।

यसअघि सन् २०१८ मा केरलामा आएको बाढीले निकै ठूलो क्षति पुर्‍याएको थियो । त्यतिबेला करिब ४०० भन्दा बढी मानिसको ज्यान गएको थियो ।

विज्ञहरुले उक्त क्षेत्रमा घर, रिसोर्ट र होटलका लागि भवनहरु निर्माण गर्न दिने सरकारको निर्णयलाई त्यसको जिम्मेवार मानेका थिए ।

स्थानीय अधिकारीहरुले पानी र बिजुलीको आपूर्तिमा कटौती गरेपछि स्थानीयले विरोध गरेका थिए ।

राज्य सरकारले आंशिक अन्तरिम मुआब्जा दिएपछि उनीहरु त्यहाँबाट निस्किन बाध्य भए । तर अहिलेसम्म पनि उनीहरु आफ्नो लगानी फिर्ता लिने प्रक्रियामा नै छन् । पैसा पूरा फिर्ता पाएका छैनन् ।

-एजेन्सी

प्रतिकृया दिनुहोस