समाचार सोमबार, पुस २८, २०७६

टिपरले किचेर युवकको हत्या गरेपछि प्रदेशभरका अवैध क्रसर बन्द गर्न निर्देशन

हिमालखबर

टिपरले किचेर युवकको हत्या गरेपछि प्रदेशभरका अवैध क्रसर बन्द गर्न निर्देशन

धनुषामा अवैध उत्खननको विरोध गरेपछि एक युवकको हत्या भएपछि प्रदेश २ सरकारले अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशका सबै जिल्लामा मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उद्योग बन्द गराउने निर्णय गरेको हो ।

प्रदेश सरकारले त्यहिअनुसार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्रसमेत पठाएको छ । अवैध उत्खनन्को विरोध गर्द शुक्रबार धनुषाको मिथिला नगरपालिका–५ का २४ वर्षीय दिलीपकुमार महतोको टिप्परले किचेर हत्या गरिएको थियो । त्यसपछि प्रदेश सरकारले कडाइ गर्न सुरू गरेको हो ।

गैरकानूनी रुपमा नदीजन्य पदार्थ उत्खनन रोक्न र नदीहरुको अवस्थाबारे जानकारी गराउन पत्राचार गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए ।

प्रतिकृया दिनुहोस