भारत नियन्त्रीत कस्मिरमा पाकिस्तानको आक्रमण : दुई जनाको मृत्यु
भारत नियन्त्रीत कस्मीरमा पाकिस्तानको बोर्डर एक्शन टीमले हमला गर्दा दुई जनाको ज्यान गएको छ । यो आक्रमण शुक्रबार कस्मीरको पाकिस्तानी सीमा क्षेत्र नजिकै भएको भारतीय सेनाले पुष्टी गरेको छ ।
हमलामा परेर ४ जना घाइते भएका थिए । जसमा १ जनालाई अस्पताल लिँदै गर्दा अर्का एकको घटनास्थलमा नै मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । भारतीय सेनाका एकजना अधिकृतले नाम नखुलाउने सर्तमा एकजनाको टाउको काटिएको अवस्थामा भेटिएको जानकारी दिएका छन् ।
मृत्यु हुने दुवै जनाको सनाखत भएको छ । दुवैजना कासालियान गाउँका बासिन्दा मोहम्मद असलम र अल्ताफ हुसेन रहेको बताइएको छ ।
केही दिन अघि मात्रै भारतीय सेनाका नव नियुक्त प्रमुखले पाकिस्तानमा हमला गर्न आफू तयार रहेको र त्यसका लागि सरकारको आदेश पर्खिरहेको बताएका थिए ।