समाचार सोमबार, पुस २८, २०७६

दीलिपको परिवारलाई पाँच लाख दिने प्रदेश सरकारको निर्णय

हिमालखबर

दीलिपको परिवारलाई पाँच लाख दिने प्रदेश सरकारको निर्णय

प्रदेश नम्बर दुईको सरकारले शुक्रबार हत्या भएका दीलिपकुमार महतोको परिवारलाई पाँच लाख उपलब्ध गराउने भएको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषदको निर्णयले दीलिपको परिवारलाई पाँच लाख दिने निर्णय गरेको प्रवक्ता ज्ञानेन्द्र यादवले बताए । शुक्रबार बिहान टिपरले ठक्कर दिएर दीलिपको मृत्यु भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले दीलिपलाई नियोजित तरिकाले ठक्कर दिइएको खुलेको छ । उक्त प्रकरणमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिररहेको छ ।

प्रतिकृया दिनुहोस