अर्थ/बजार सोमबार, पुस २८, २०७६

माछापुच्छ्रे ब्यांकले ल्यायो किसान कार्ड सेवा

हिमालखबर

माछापुच्छ्रे ब्यांकले ल्यायो किसान कार्ड सेवा

माछापुच्छ्रे ब्यांकले साना किसानका लागि कृषि व्यावसयामा आवश्यक पर्ने चाुल पूँजी खर्च परिपुर्ति गर्ने उद्देश्यले माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।

यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर ईन्टरनेशनल नेपाल सँगको सहकार्यमा विभिन्न १४ जिल्लाका लागि किसान कार्ड सेवा सञ्चालनमा ल्याएको हो । यो सेवा अन्तर्गत किसानहरुले रु.४ लाख सम्मको कृषि कर्जा पाउँनेछन् ।

पहिलो चरणमा हेफर ईन्टरनेशनल नेपाल सँग आबद्घ बाँकेको खजुरास्थित साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकहरुलाई किसान कार्ड सेवा शुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस