क्षेप्यास्त्रबाट विमान खसालिएपछि इरानमा प्रदर्शन चर्कियो
इरानको राजधानी तेहरान लगायत विभिन्न शहरमा सरकारको विरोधमा प्रदर्शन चर्किएको छ ।
युक्रेनी विमान इरानको क्षेप्यास्त्रबाट दुर्घटनामा परेको थियो । केही दिन इरानले क्षेप्यास्त्रका कारण विमान दुर्घटनामा नपरेको बताए पनि पछि स्वीकार गरेको छ ।
प्रदर्शनकारीहरुले सर्वोच्च नेता आयतूला अली खामनेईको विरोध समेत नारा लगाएका छन् । विमान दुर्घटनामा १७६ जनाको मृत्यु भएको थियो । सरकारले झुट बोलेको भन्दै प्रदर्शन चर्किएको छ । प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्याँ प्रहार गरिदै आएको छ ।