नेयमारको दुई गोलले पनि पीएसजीलाई दिलाएन जित
लिग वानको शीर्ष स्थानमा रहेको पीएसजीसँग मोनाकोले अंक खोसेको छ । आइतबार राति भएको खेलमा मोनाको पीएसजी सँग ३–३ गोलको बराबरी खेलेको थियो ।
मोनाकोले एक गोल आत्मघाती गर्दा पनि पीएसजीले भने जित निकाल्न सकेन । पीएसजीका लागि नेयमारले दुई गोल गरे । खेलको तेस्रो मिनेटमै नेयमारले गोल गरेका थिए ।
तर, सातौं मिनेटमा मोनाकोका गेल्सन मार्टिन्सले गोल फर्काए । १३औं मिनेटमा वीसाम बेनले गोल गर्दा मोनकोले दुई–एक गोलको अग्रता बनायो । तर, फोडे बल्लोले २४औं मिनेटमा आत्माघाती गोल गरे पछि पीएसजी बराबरीमा उक्लियो । पहिलो हाफको अन्तिमतिर फेरि नेयमारले गोल गर्दै पीएसजीले ३–२ को अग्रता बनयो ।
तर, दोस्रो हाफमा पीएजसीले गोल फर्काउन सकेन । तर, ७०औं मिनेटमा इस्लाम स्लिमानीले गोल गरे पछि खेल बराबरीमा सकियो ।