रोमालाई हराउँदै युभेन्टस शीर्ष स्थानमा उक्लियो
सिरि एमा आइतबार राति रोमालाई हराउँदै युभेन्ट शीर्ष स्थानमा उक्लिएको छ ।
रोमालाई २–१ ले हराउँदै स्टार खेलाडी क्रिश्चियानो रोनाल्डो एक गोल गरे । युभेन्टसका लागि मेरिहले खेल शुरु भएको तीन मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । १० मिनेटमै फेरि क्रिश्चियानो रोनाल्डोले फेरि पेनाल्टी मार्फत गोल थपे ।
पहिलो हाफमा २–० को अग्रता बनाएको युभेन्टसले थप गोल गर्न सकेन । रोमाले भने खेलको ६८औ मिनेटमा फेरि पेनाल्टी मार्फत नै गोल फर्काए । तर, हार भने टार्न सकेन ।
जितसँगै, १९ खेलबाट ४८ अंक जोड्दै युभेन्टस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानको इन्टर मिलान भने एटालान्टाले अंक खोस्दा दोस्रो स्थानमा ओर्लिएको छ । आइतबार नै सकिएको खेलमा मिलान र एटलान्टा १–१ गोलको बराबरीमा खेलेको थियो ।