रियल मड्रिडले जित्यो सुपर कपको उपाधि
स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा हराउँदै रियलले उपाधि जितेको हो ।
निर्धारित ९० मिनेट र थपिएको आधा घण्टाको अतिरिक्त समयमा समेत दुवै पक्षबाट गोल हुन नसके पछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा रियलले ४–१ को फराकिलो अन्तरले जित निकाल्यो ।
अतिरिक्त समयको पाँच मिनेट बाँकी हुँदा रियलका फेड्रिको भाल्भार्डेले रातो कार्ड पाउँदा रियल दश खेलाडीमा सीमित भएका थिए । तर, यसको फाइल एट्लेटिकोले उठाउन सकेन ।