अग्युरोको ह्याट्रिकमा सिटीको सहज जित
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्ला विरुद्ध फराकिलो जित निकालेको छ ।
आइतबार राति सकिएको खेलमा सर्जियो अग्युरोले ह्याट्रिक गर्दा सिटी ६–१ ले जित निकाल्यो । अग्युरोले २८, ५७ र ८१औं मिनेटमा गोल गरे ।
सिटीका लागि तीनै जना स्ट्राइकरले गोल गरे । रियाद मर्हेजले दुई र ग्राबिएल जिससले एक गोल गरे । रियादले पहिलो हाफको १८ र २४औं मिनेटमा लगातार गोल गरे । २८ मिनेटमा गोल गरेपछि पहिलो हाफमै सिटी पहिलो हाफमै ३–० ले अग्रता निकालेको थियो ।
दोस्रो हाफमा थप तीन गोल गरिसके पछि थपिएको अतिरिक्त समयमा पेनाल्टी मार्फत भिल्लाले पेनाल्टी मार्फत् सान्त्वना गोल फर्काएको थियो ।