शाही जिम्मेवारी त्यागेका राजकुमार ह्यारीसँग महारानीले छलफल गर्ने
शाही जिम्मेवारी त्यागेका राजकुमार ह्यारी सँग ब्रिटिस महारानीले ड्यूक एवम् डचिस अफ सक्सिसको भावी भूमिकाबारे छलफल गर्ने भएकी छन् ।
राजकुमार ह्यारी र मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रुपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका थिए । शाही जिम्मेवारी त्यागेका राजकुमार ह्यारी र उनकी पत्नी मेगनको राजपरिवारसँग नयाँ सम्बन्धबारे छलफल हुने बताइएको छ ।
क्रिसमस मनाउन क्यानडा गएका ह्यारी र मेगन स्वदेश फर्किए लगत्तै अप्रत्यासित रुपमा शाही जिम्मेवारी त्याग्ने निर्णय गरेका थिए ।