थप समाचार आइतबार, पुस २७, २०७६

हत्या आरोपी विष्णु लामालाई गोलीलाई हानी नियन्त्रणमा लिइयो

हिमालखबर

बालिकाको हत्या तथा फिरौती असुलीका आरोपी विष्णु लामालाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ ।

आइतबार काठमाडौंको बौद्धबाट लामालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ ।

लामाको समूह अपहरण तथा फिरौती असुलीमा संलग्न रहेको प्रहरीको आरोप छ ।

लामामाथि बालिकालाई हत्या गरेको आरोप छ । प्रहरीले नियन्त्रणमा लिन खोज्दा भागेका लामालाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको बताइएको छ ।

लामाको बायाँ खुट्टामा गोली लागेको बताइएको छ। उनकाे वीरअस्पतालमा उपचार भइरहेकाे छ ।

प्रतिकृया दिनुहोस