मेलबर्नको कीर्तिमानी जितमा सन्दीपको विकेट
अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा सिड्नी सिक्सर विरुद्ध शानदार जित निकालेको छ ।
टस जितेर फिल्डिङ रोजेको सिक्सर विरुद्ध मेलबर्नका लागि स्टोनिसले बिस्फोटक ब्याटिङ गरेका थिए ।
बीबीएलमा कीर्तिमानी ब्याटिङ गरेका स्टोनिसले अविजित रहँदै १४७ रन जोडे । अहिलेसम्म बीबीएलमा भएको यो सवैभन्दा ठूलो स्कोर हो ।
७९ बल सामना गरेका स्टोनिसले १३ चौका र ८ छक्का प्रहार गरेका थिए ।
स्टोनिसले हिल्टन कर्टराइटसँग २०७ रनको साझेदारी गरेका थिए । यो साझेदारी समेत बीबीएलमै उच्च हो । हिल्टनले २० ओभरको पहिलो बलमा क्याच आउट हुँदा ४० बल सामना गर्दै ५९ रन जोडेका थिए । हिल्टन आउट भए पछि आएका कप्तान ग्लिन म्याक्सवेलले दुई बलमा ५ रन जोडे ।
मेलबर्नले दिएको २२० रनको चुनौती पछ्याएको सिक्सरले निर्धारित २० ओभर खेल्दै १७५ रन मात्रै बनाउन सक्यो । सिक्सरलाई ४४ रनले पराजित गर्न नेपालका युवा क्रिकेटर सन्दीपले एक विकेट लिएका थिए ।
जितसँगै, मेलबर्न ९ खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ । सिक्सर भने मेलबर्नसँग पराजित हुँदै समान नौ खेलबाट १२ अंक सहित दोस्रो स्थानमा छ ।