पार्टीको विवादले संसद बन्धक बनाइएकोमा कांग्रेसको आपत्ति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक लगातार स्थगित भएकोमा आपत्ति जनाएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको बक्तव्यमा सत्तारुढ पार्टीभित्रको विवादका कारण संसद बैठक पटक–पटक स्थगित हुनुले संसद प्रति नेकपाको गेह्रजिम्मेवारपन प्रकट भएको उल्लेख गरिएको छ ।
बक्तव्यमा भनिएको छ, “संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्व हुन्छ । तर, ३ महीनादेखि रिक्त पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ।”
२७ पुसमा बोलाइएको संसद बैठक स्थगित भएपछि प्रवक्ता शर्माले बक्तव्य जारी गरेका हुन् । सभामुख को हुने भन्ने विषय नटुंगिएकाले ४ पुसमा बोलाइएको बैठक अझै बस्न सकेको छैन ।
याे पनि