समाचार आइतबार, पुस २७, २०७६

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा, नाम बागमती

हिमालखबर

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा, नाम बागमती
ह्वीप जारी गर्न शुक्रबार बाेलाइएकाे नेकपा प्रदेश संसदीय दलकाे बैठक ।

प्रदेश ३ को प्रदेशसभा बैठकको दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको छ ।

आइतबार बैठकको दुई तिहाइभन्दा बढी मतले प्रदेशको राजधानी र नाम टुंगो लगाएको हो ।

प्रदेशसभा सुरु भएको दुई वर्षपछि प्रदेशको नाम र राजधानीको टुंगो लालेको हो ।

निर्णय गराउनका लागि सत्तारुढ नेकपाको सचिवालयको प्रदेश सांसदलाई दिइएको कडा निर्देशन र अन्य दलको पनि सहमतिका मिलेको हो ।

प्रदेश ३ का १०५ जना सदस्यले हेटौडालाई राजधानी र नाम बागमती राख्न गरेको प्रस्तावको पक्षमा मतदान गरेका छन् । ३ जना सदस्यले हेटौडाको विपक्षमा मतदान गरेका छन्। प्रदेशसभाका ११० जना सदस्यमध्ये १०८ जना मतदानमा उपस्थित थिए ।

बैठकमा धुलिखेललाई प्रदेश राजधानी बनाउन गरेको प्रस्तावको पक्षमा जम्मा ३ मत मात्र परेको छ । विपक्षमा १०१ मत परेपछि धुलिखेलाई राजधानी बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

 

प्रतिकृया दिनुहोस