आफ्नै पेस्तोलबाट हवल्दारद्वारा ‘आत्महत्या’
नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ ।
बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।
घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको उनले बताए ।