समाचार आइतबार, पुस २७, २०७६

भोकाएर उखु चोर्न बाध्य पृथ्वीनारायण शाहः बाबुराम भट्टराई

हिमालखबर

भोकाएर उखु चोर्न बाध्य पृथ्वीनारायण शाहः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दरौदीमा खेल्दा भोकाएर उखु चोर्न बाध्य पृथ्वीनारायण शाहको आत्मलाई खुशी सार्वजनिक विदा नभएर १२ घण्टा काम गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट गर्दै भट्टराईले पृथ्वीनारायण शाहबारे धेरै धुपबत्ति गर्न आवश्यक नरहेको पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “...धेरै धुपबत्ति गरिरहनु पर्दैन । दरौदीमा खेल्दा भोकाएर केशव द्वारेको उखु चोर्न बाध्य पृनाको आत्मालाई खुशी पार्ने हो भने उनको जन्मदिनमा छुट्टी होइन, १२ घण्टा काम गरेर देशलाई धनी बनाऊ ।”

पृथ्वीनारायणका बारेमा देवत्वकरण र दानवीकरण दुवै अशोभनीय भएको समेत उनले लेखेका छन् ।

Caption

 

प्रतिकृया दिनुहोस