समाचार आइतबार, पुस २७, २०७६

पृथ्वीनारायण शाह पुर्खाहरुकै नेतृत्व गर्ने राजाः प्रधानमन्त्री ओली

हिमालखबर

पृथ्वीनारायण शाह पुर्खाहरुकै नेतृत्व गर्ने राजाः प्रधानमन्त्री ओली
null

प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाह प्रति श्रद्धासुमन अर्पण गरेका छन् । ट्वीट गर्दै प्रधानमन्त्री ओलीले नेपाल राज्यको एकीककरणमा पुर्खाहरुकै पृथ्वीनारायण् शाहले नेतृत्व गरेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले लेखेका छन्, “नेपाल राज्यको एकीकरणमा हाम्रा पुर्खाहरुको नेतृत्व गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।”

प्रधानमन्त्री ओलील यही अवसरमा अभिबृद्धि, विकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजुट भएर अगाडि बढ्न पनि आग्रह गरेका छन् ।

Caption

 

प्रतिकृया दिनुहोस