थ्रीस्टारलाई दोस्रो स्थान उक्लिने अवसर
जारी शहीद स्मारक ए डिभिजन लिगमा आइतबार दुई खेल हुँदैछ । पहिले खेल १२ बजे थ्रीस्टार र फ्रेण्डस् क्लब बीच हुने छ भने दोस्रो खेल तीन बजे ब्रिगेड ब्याइज र सरस्वति युवा क्लब बीच हुनेछ ।
अपराजित थ्रीस्टारले फ्रेण्ड्सलाई हराउन सके दोस्रो स्थानमा उक्लिने अवसर छ । तीन जित र एक बराबरी खेलेको थ्रीस्टारले फ्रेण्डसलाई हराए मछिन्द्रसँग बराबर अंक बनाउनेछ । तर, गोल अन्तरले मछिन्द्र नै पहिलो स्थानमा रहनेछ ।
दुई अंक मात्रै जोडेको फ्रेण्ड्स भने १३औं स्थानमा छ । फ्रेण्डसले नतिजा आफ्नो पक्षमा परे नवौं स्थानमा उक्लिने अवसर हुनेछ ।