‘फ्याक्ट्स अफ नेपाल–२०१९’ सार्वजनिक
फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले ‘फ्याक्ट्स अफ नेपाल २०१९’ सार्वजनिक गरेको छ ।
नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्यांक समेटिएको ‘फ्याक्ट्स अफ नेपाल’ पुस्तकको पाँचौं संस्करण हो ।
उक्त पुस्तकमा सूचनागत दृष्यचित्र (इन्फोग्राफिक्स), क्षेत्रगत तथ्यांकको अन्तर्दृष्टि र विश्लेषण समावेश गरिएको छ । पुस्तकमा देशको सामाजिक, आर्थिक, सांस्कृतिकलगायत १९ क्षेत्र समेटिएका छन् ।
पुस्तकको मूल्य ४०० रुपैयाँ तोकिएको छ । उक्त पुस्तक ई–सेवापसल डटकमबाट पनि किन्न सकिन्छ । त्यस्तै, वि–रिड एप्लिकेशनबाट डाउनलोड गरेर पनि पढ्न सकिन्छ ।