साउथेम्प्टनसँग लिष्टर सिटी स्तब्ध
इंग्लिस प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएको लिष्टर सिटी साउथेम्प्टनसँग पराजित भएको छ ।
शनिबार राति सकिएको खेलमा लिष्टर सिटीले शुरुमै बनाएको अग्रता कायम राख्न नसक्दा २–१ गोल अन्तरले पराजित भएको छ । लेष्टर सिटीका लागि डेनिस प्रेइटले १४औं मिनेटमै गोल गर्दै अग्रता लिएको थियो ।
तर, पाँच मिनेट नबित्दै १९ औं मिनेटमा साउथेम्प्टनका आर्मस्टोङले गोल गर्दै खेल बराबरीमा बनाए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो ।
दोस्रो हाफका ८१औं मिनेट साउथेम्प्टनका डेन्नी इङ्गसले गोल गर्दै लेष्टर सिटीलाई पराजित गरे । लेष्टर सिटी २२ खेलबाट ४५ अंक जोड्दै दोस्रो स्थानमा कायमै छ । तर, शीर्ष स्थानमा रहेको लिभरपुलसँग अन्तरले भने फराकिलो बनेको छ ।
दुई खेल कम खेलेको लिभरपुल ५८ अंक जोड्दै शीर्ष स्थानमा छ ।