उपसभामुखसँग राजीनामा माग्ने नेकपा निर्णय
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फे सँग राजीनामाको माग गर्ने निर्णय गरेको छ ।
शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपसभामुखलाई राजीनामा गर्न आग्रह गर्ने निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, सभामुख पद नेकपाले राख्न उपसभामुखलाई राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेको हो ।
बलात्कार अभियोगमा कृष्णबहादुर महराले राजीनामा दिए पछि रिक्त पदमा कसलाई पठाउने भन्नेबारे भने नेकपाले निर्णय गरिसकेको छैन । उपसभामुखले राजीनामा गरे पछि सभामुखबारे छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।