थप समाचार शनिबार, पुस २६, २०७६

सभामुख चयनबारे छलफल गर्न बालुवाटारमा नेकपाको सचिवालय बैठक

हिमालखबर

सभामुख चयनबारे छलफल गर्न बालुवाटारमा नेकपाको सचिवालय बैठक
फाइल तस्वीर

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरू भएको छ । बैठकमा सभामुखको उम्मेदवार चयन गर्नेलगायत विषयमा छलफल भइरहेको छ ।

यसअघि शुक्रबार मात्रै उपसभामुख शिवमाया तुम्वाहाम्फेले नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपि ‌ओली र प्रचण्डसँग भेट गरेकी थिइन् ।

भेटमा तुम्बाहाम्फले आफ्नो दाबी सभामुखमा रहेको अडान कायम राखेकी थिइन् । यसअघि दुईपटक स्थगन भएको प्रतिनिधिसभा बैठक आइतबारका लागि डाकिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपालाई त्यती वेलासम्म सभामुखको टुङ्गो लगाइ सक्नु पर्नेछ ।

सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको काण्डमा मुछिएपछि अहिले सभामुख पद रिक्त रहेको छ । जसका कारण संसदका कामहरु अघि बढ्न सकेका छैनन् ।

नेकपाका अध्यक्ष द्‍वयको आ-आफ्नो अडानका कारण सभामुखको टुंगो लाग्न सकेको छैन । आजको बैठक त्यसै विषयमा केन्द्रीत रहने छ ।

प्रतिकृया दिनुहोस