पुलिसलाई हराउँदै एपीएफ फाइनलमा
डिफेन्डिङ च्याम्पियन विभागीय क्लब एपीएफ तेस्रो संस्करणको होङग्वाञ्जी न्यू डायमण्ड खुला राष्ट्रिय महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ ।
अर्को विभागीय टीम नेपाल प्रहरीलाई सेमिफाइनलमा सोझो सेटमा हराउँदै एपीएफ फाइनल प्रवेश गरेको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबको कोर्टमा भएको खेलमा एपीएफसँग नेपाल प्रहरी २५–१४, २५–१८ र २५–१७ को सोझो सेटमा पराजित भएको हो ।
एपीएफले उपाधिका लागि न्यू डायमण्ड र त्रिभुवन आर्मी बीच हुने प्रतियोगिताको विजेतासँग भिड्नुपर्नेछ ।