आदेश पाए पाकिस्तानको कस्मीरमा हमला गर्छौं : भारतीय सेना प्रमुख
नव नियुक्त भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवानेले आदेश पाइएयो भने पाकिस्तान नियन्त्रित कस्मिरमा उचित कारवाही गर्न तयार रहेको बताएका छन् ।
भारतीय समाचार संस्था एएनआईका अनुसार शनिबार दिल्लीमा पत्रकारसँग कुरा गर्दै सेना प्रमुख नरवानेले संसदको मान्यताअनुसार जम्मु कस्मिर सबै भारतको भूभाग भएको उनको तर्क छ । "कस्मिर भारतको हिस्सा हो, यदि भारत चाहन्छ भने आदेश आउनेबित्तिकै हामी उचित कारवाही गर्न तयार छौं" उनले भने, "हामी सरकारको आदेश पर्खिरहेका छौं ।"
नरवानेले गत डिसेम्बर ३० बाट भारतको नयाँ सेना प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । यसअघि भारतीय सेनाका डेपुटी प्रमुख रहेका नरवाने भारतका २८औं सेना प्रमुख हुन् ।