खेलकुद शनिबार, पुस २६, २०७६

लिभरपुललाई सर्वोत्कृष्ट शुरुवाती बनाउने अवसर

हिमालखबर

लिभरपुललाई सर्वोत्कृष्ट शुरुवाती बनाउने अवसर

इंग्लिस प्रिमियर लिगमा शनिबार राति बलियो टीम लिभरपुल र टोटनहाम बीच प्रतिश्पर्धा हुँदैछ ।

राति ११ः१५ बजे शुरु हुने खेलमा लिभरपुललाई इंग्लिस फुटबलको १३१ वर्षे इतिहासमै सर्वोत्कृष्ट शुरुवातिको कीर्तिमान बनाउने अवसर छ । अहिलेसम्म कुनै पनि क्लबले २१ खेलबाट ६१ अंक जोडेको छैन ।

तर, २० खेलबाट अपराजित रहँदै ५८ अंक जोडेको लिभरपुलका लागि त्यो अवसर मिलेको छ । लिभरपुलले १९ खेलबाट जित र एक खेल बराबरी गरेको छ । तर, लिभरपुलका लागि सजिलो भने छैन ।

किनभने, विपक्षमा छन् टोटनहाम र जोसे मारिन्हो । लिभरपुलको सफलतामा धेरै बाधक बन्ने खेलाडी हुन्, मारिन्हो । मारिन्होको खेल करिअरमा समेत धेरै पटक विपक्षीका रुपमा पाएको क्लब पनि लिभर पुल नै हो ।

टोटनहामका लागि भने हेरी केन मैदानमा नहुनु सवैभन्दो ठूलो चिन्ता बनेको छ । घाइते भएका कारण केन मैदान बाहिर हुनेछ भने लिभरपुलका चर्चित स्ट्राइकर मैदानमा उत्रनेछ ।

प्रतिकृया दिनुहोस