समाचार शनिबार, पुस २६, २०७६

विप्लव पनि नेकपामै आउँछन्, ढिलो गरे कसैलाई फाइदा हुन्नः दाहाल

हिमालखबर

विप्लव पनि नेकपामै आउँछन्, ढिलो गरे कसैलाई फाइदा हुन्नः दाहाल
null

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द पनि नेकपामै आउने बताएका छन् ।

केन्द्रीय मूख्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले ढिलोचाँडो चन्द नेकपामा आउने बताए । अध्यक्ष दाहालले भने, “भोलि विप्लव पनि नेकपामा आउनुपर्छ । ढिलो गर्नुभयो भने त्यसले उहाँलाई फाइदा गर्दैन । कसैलाई फाइदा गर्दैन । भरोसा छ, उहाँ आउने ठाउँमा पुग्नुहुन्छ ।”

सानोतिनो चुलोचौका राखेर बसिरहँदा केही फाइदा नहुने उनले बताए । सानो समूहमा बस्दा केही भुन्न भन्ने बुझेकाहरु अब नेकपामै आउने बताए ।

अध्यक्ष दाहालले सानो समूहमा रहेकाहरुलाई अप्ठ्यारो नमानिकन नेकपामा आउन आग्रह गरे । समाजको आधार खोजी गर्नुपर्ने दायित्व सवैको भएकाले नेकपामा गोलबन्द हुनुपर्ने दाहालको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस