बढी विकेट लिने उत्कृष्ट तीनमा सन्दीप
जारी बिग बास लिग (बीबीएल) मा सन्दीप लामिछाने उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । शुक्रबार दिउँसो मेलबर्न रेनेगेड्स विरुद्ध सन्दीपले महत्वपूर्ण दुई विकेट लिएका थिए ।
टस जितेर फिल्डिङ रोजेको मेलबर्न स्टार बिरुद्ध बिस्फोटक ब्याटिङ गरिहेको मेलबर्न रेनेगेड्सका ओपनर शौं मार्सलाई सन्दीपले कट एण्ड बोल्ड गरेका थिए । मार्सले ४२ बलमै ६३ रन जोड्दै बिस्फोटक ब्याटिङ गरिरहेका थिए ।
व्यक्तिगत पहिलो र दोस्रो ओभरमा विकेट लिन नसकेका सन्दीपले तेस्रोमा मार्स र चौथौं ओभरमा बिउ वेवस्टारलाई आउट गरे ।
सन्दीपको दुई विकेट सँगै १६९ रनको लक्ष्य पाएको मेलबर्न स्टारले सात विकेटको जित निकाल्दै आठ खेलबाट १४ अंक जोडेको छ । रेनेगेड्स विरुद्धको दुई विकेट सँगै सन्दीप मेलबर्नका लागि बढी विकेट लिने उत्कृष्ट तीनमा समेत परेका छन् । उनले ११ खेलबाट ११ विकेट नै लिएका छन् ।
१५ खेलबाट आदम जाम्पा १९ विकेट सहित पहिलो नम्बर र हरिस रुफले ५ खेलबाटै १४ विकेट लिदैं दोस्रो स्थानमा छन् ।