सुवास खकुरेल सहित तीन नयाँ खेलाडी बन्द प्रशिक्षणमा बाेलाइए (नामावलीसहित)
आईसीसी विश्व क्रिकट लिग–२ अन्तर्गत ओमान र अमेरिका विरुद्ध हुने खेलका लागि बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाइएको छ ।
पोखरामा हुने बन्द प्रशिक्षणमा सुवास खकुरेल र भुवन कार्की समेत परेका छन् । दुवैको राष्ट्रिय टीमका लागि पुनरागमन हो । यस्तै लोकश बम, किशोरी महतो र सुनित महर्जनले यसपटक पनि प्रशिक्षणकाे अवसर पाएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, करण केसी, कुशल मल्ल, ललित राजवंशी, पारस खड्का, पवन सर्राफ, रासिद खान, रोहितकुमार पौडेल, सोमपाल कामी, सन्दिप जोरा, सुशान्त भारी, शरद भेषवाकर, सन्दिप लामिछाने, सुभाष खकुरेल, भुवन कार्की, कुशल भुर्तेल, बसन्त रेग्मी, किशोल महतो, लोकेश बम र सुनित महर्जनलाई प्रशिक्षणमा बोलाएको छ ।
त्रिकोणात्मक सिरिज ५ फेब्रुअरीदखि काडमाडौंमा हुँदैछ ।