समाचार शुक्रबार, पुस २५, २०७६

गोकुल बाँस्कोटालाई 'पुरस्कार', सहरी विकास मन्त्रालयकाे थप जिम्मेवारी

हिमालखबर

गोकुल बाँस्कोटालाई 'पुरस्कार', सहरी विकास मन्त्रालयकाे थप जिम्मेवारी

समाजवादी पार्टी, नेपालले सरकार छोडे पछि रिक्त दुई मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाल र गोकुलप्रसाद बाँस्कोटालाई दिइएको छ ।

स्वास्थ्य मन्त्रालयमा सारिएका ढकाललाई कानून मन्त्रालय र सञ्चार मन्त्री बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी थपिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्री आफैंले हेरिररहेका मन्त्रालयको जिम्मेवारी मन्त्री ढकाल र बाँस्कोटालाई दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को व्यवस्था नभएसम्मका लागि ढकाल र बाँस्कोटालाई जिम्मेवार थप गरिएको छ ।

प्रतिकृया दिनुहोस