विदेशी सामग्रीको प्रलोभन देखाइ ठगी गर्ने समूह पक्राउ
सामाजिक सञ्जालमा विभिन्न विदेशी सामग्री देखाएर ठगी गर्ने समूह पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमा विदेशी सामग्रीको प्रलोभनमा पारी विभिन्न ब्यांकको खाता नम्बरमा पैसा जम्मा गर्न लगाई ठगी गर्ने दुई विदेशी सहित पाँच जना पक्राउ परेका छन् ।
प्रमुख योजनाकार नाइजेरियाका ४० वर्षीय क्रिल चाइनोन्सो सहित पक्राउ परेका पाँचै जनालाई ठगी मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा आइबेरिकोष्टका २३ वर्षीय एसेपे, चितवन गुञ्जनगर–६ का ४० वर्षीय रामचन्द्र गैह्रे, काठमाडौं ठमेलका ४९ वर्षीय उमेश श्रेष्ठ र चितवन कालिकानगर–७ का ३१ वर्षीय हरि ओझा छन् ।