समाचार शुक्रबार, पुस २५, २०७६

यती समूहलाई दरबारमार्गको भवन निर्माण रोक्न आदेश

हिमालखबर

यती समूहलाई दरबारमार्गको भवन निर्माण रोक्न आदेश

उच्च अदालत पाटनले दरबार मार्गमा यती समूहले बनाउँदै गरेको भवन निर्माणको काम तत्काललाई रोक्न अन्तरिम आदेश दिएको छ ।

नेपाल ट्रष्ट सँगको सम्झौता सार्वजनिक खरीद ऐन–२०६३ र सार्वजनिक खरीद नियमावली–२०६४ अनुसार नभएको भन्दै तत्काललाई भवन निर्माण कार्य रोक्न आदेश दिएको हो ।

अन्तरिम आदेशसँगै, १ माघमा दुवै पक्षलाई छलफलका लागि उच्च अदालतले बोलाएको छ ।

नेपाल ट्रष्टले मासिक चार लाख १६ हजार ६ सय रुपैयाँ भाडा पाउनेगरी एक रोपनी १४ आना जमिन ३० वर्षका लागि यती समूहलाई दिएको थियो । राज्यलाई पाँच अर्व नोक्सान हुनेगरी यति समूहलाई दिइएको भन्दै अधिवक्त परिवर्तन राईले उच्च अदालतमा रीट दर्ता गरेका थिए ।

६ अर्व ४५ करोड ३७ हजार ९९४ रुपैयाँमा सम्झौता गर्न आउनु भनी पत्र पठाएको भएपनि एक अर्व ५९ करोड २० लाख ९१ ह्जार ७०१ रुपैयाँमा यती समूहसँग सम्झौता भएको थियो ।

प्रतिकृया दिनुहोस