सन्दीपले लिए महत्वपूर्ण दुई विकेट
जारी बिग बास लिग (बीबीएल) मा सन्दीप लामिछानेले टीमका लागि महत्वपूर्ण दुई विकेट लिएका छन् ।
टस जितेर फिल्डिङ रोजेको मेलबर्न स्टार बिरुद्ध बिस्फोटक ब्याटिङ गरिहेको मेलबर्न रेनेगेड्सका ओपनर शौं मार्सलाई सन्दीपले कट एण्ड बोल्ड गरेका थिए । मार्सले ४२ बलमै ६३ रन जोड्दै बिस्फोटक ब्याटिङ गरिरहेका थिए ।
व्यक्तिगत पहिलो र दोस्रो ओभरमा विकेट लिन नसकेका सन्दीपले तेस्रोमा मार्स र चौथौं ओभरमा बिउ वेवस्टारलाई आउट गरे ।
रेनेगेड्स सामु स्टारका बलर महँगो सावित भइरहेका बेला सन्दीपले दुई विकेट लिदै ३९ रन खर्चिएका छन् ।