संयुक्त राष्ट्रसंघद्वारा इरान र अमेरिकासँग शान्तिका लागि अपिल
संयुक्त राष्ट्रसंघले इरान र अमेरिकासँग शान्तिका लागि अपिल गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एंटोनियो गुतेरेसले बिहीबार एक विज्ञप्ति जारी गर्दै दुवै देशसँग आक्रामकतालाई त्यागेर शान्ति कायम गर्न आह्वान गरेका हुन् । उनले अब युद्धलाई विश्वले धान्न नसक्ने पनि बताएका छन् ।
गुतेरेसले विज्ञप्तिमा उल्लेख गरेका छन्– अमेरिका र इरानले यस क्षेत्रमा शान्ति कायम गर्न कदम अघि बढाउनुपर्छ । शान्तिबाट नै गल्फ क्षेत्रमा सबै कुरा ठीक हुनेछ ।
गुतेरेसले विज्ञप्तिमा कम आक्रामकता, शान्तिका लागि अपिल, वार्ता र एकअर्का देशसँग सम्बन्ध बढाउने कदम चाल्नुपर्ने भनी चार बुँदालाई केन्द्रित गरेका छन् ।
–एजेन्सी