सिटी एक्सप्रेसको लखपति अफरमा यादवले जिते दश लाख
सिटी एक्सप्रेस मनि ट्रान्सफरको ‘लखपति एक्सप्रेस–२०७६, न यति न उति सिधैं लखपति’ अफर अन्तर्गत जागेश्व्र भुस्कुलिया यादवले दश लाख जितेका छन् ।
साउदी अरवबाट पैसा पैठाएका यादवले लक्की ड्र बाट दश लाख जितेका हुन् । एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सिस्टममा आधारित लक्की ड्र मार्फत यादवलाई विजेता घोषणा गरे ।
सिटी एक्सप्रेसले यो अफर अवधिमा नौ सय जनालाई रु. २०० को मोबाइल टप अप, १२ जनालाई रु.१० हजार र तीन जनालाई रु. एक लाख बितरण गरिसकेको छ ।
लक्की ड्र बाट दैनिक १२ जनालाई मोबाइल टप अप, साप्ताहिक रुपमा रु. १० हजार र मासिक रुपमा रु. एक लाख बिजेता घोषणा गर्दै आएको छ । यो अफर १ असोज देखि ३० मंसीरसम्म चलेको थियो ।