हेलो नेपालको लाइसेन्स खारेज गर्ने निर्णय मन्त्रिपरिषदबाट उल्टियो
हेलो नेपाल सहित तीन कम्पनीको लाइसेन्स खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय मन्त्रिपरिषद बैठकले बदर गरेको छ ।
समयमा शुल्क नतिरेको भन्दै प्राधिकरणले तीन कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद बैठकले अजयराज सुमार्गीको हेला नेपाल सहित स्मार्ट टेलिकम र वेब सर्फर कम्युनिष्टकेसनको लाइसेन्स खारेज गर्ने निर्णय उल्ट्याएको हो ।
मन्त्रिपरिषदले तीन किस्तामा शुल्क बुझाउन समय समेत दिएको छ । पहिलो किस्ता आगामी असारभित्र र वर्ष दिनभित्र बाँकी किस्ता बुझाउनुपर्ने निर्णय भएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बताए ।
हेलो नेपालले मात्रै नविकरण शुल्क बापत ८० करोड बुझाउनु बाँकी छ ।