समृद्ध मधेश कांग्रेसको चाहना: पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकार सम्पन्न र समृद्ध मधेश कांग्रेसको चाहना रहेको बताएका छन् ।
नेता पौडेलले आज महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै कांग्रेसले नै मधेशको समस्या सम्बोधन गर्नसक्ने दाबी गरे ।
आफ्नो पछिल्लो मधेश भ्रमणका क्रममा आम मधेशीले आर्थिक समृद्धि, रोजगारी, शिक्षा र स्वास्थ्यमा सबैको पहुँच होस् भन्ने चाहेको नेता पौडेलको भनाइ छ ।
संवैधानिक रुपमा सम्बोधन गर्नै पर्ने मधेसश एजेन्डाबारे सबै दलसँगको सहकार्यबाट संशोधन गरिने पौडेलले बताए ।
पौडेल केही दिनदिख तराई दौडाहामा छन् । रासस