खेलकुद विहीबार, पुस २४, २०७६

रियल मड्रिड सुपर कपको फाइनलमा

हिमालखबर

रियल मड्रिड सुपर कपको फाइनलमा

भ्यालेन्सिया विरुद्ध सहज जित निकाल्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनल पुगेको छ ।

यस पटकदेखि ल्याइएको नयाँ नियमअनुसार, रियलले भ्यालेन्सियासँग खेल्ने अवसर पाएको थियो । साउदी अरवमा सकिएको खेलमा भ्यालेन्सिया विरुद्ध मड्रिडले ३–१ को जित निकाल्यो । मड्रिडका लागि टोनी क्रुसले १५औं मिनेटमै गोल गरेका थिए ।

क्रुसको गोलबाट अग्रता लिएको मड्रिडका लागि इस्कोले ३९ मिनेटमा गोल गरे । पहिलो हाफको खेल सकिदा मड्रिडले २–० को अग्रता बनायो । दोस्रो हाफको ६५औं मिनेटमा क्रोयसियाली स्टार लुका मोड्रिचले गोल गर्दै मड्रिडलाई ३–० को अग्रता दिलाए ।

थपिएको अतिरिक्त समयमा भ्यालेन्सियाका डेनियल परेजोले पेनाल्टीमार्फत् सान्त्वना गोल फर्काए तर, हार टार्न सकेनन् । जितसँगै, मड्रिड सुपर कपको फाइनल पुगेको छ ।

यसअघि, ला लिगा र कोपा डेल रेको विजेताले फाइनल भिड्थे । तर, यस पटकबाट परिवर्तनको गरिएको नियमअनुसार, लि लिगाको शीर्ष दुई टीमले सुपरकप भिड्नुपर्ने भएको छ । अघिल्लो सिजनमा बार्सिलोना ला लिगाको विजेता बनेका थिए ।

प्रतिकृया दिनुहोस