खेलकुद बुधबार, पुस २३, २०७६

'ए' डिभिजन लिगमा सन्तोष साहुखलको कीर्तिमानी सय गोल

हिमालखबर

'ए' डिभिजन लिगमा सन्तोष साहुखलको कीर्तिमानी सय गोल

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर सन्तोष साहुखलले सहिद स्मारक 'ए' डिभिजन लिगमा कीर्तिमानी १०० गोल पूरा गरेका छन् ।

यससँगै च्यासल युथ क्लबबाट खेलिरहेका सन्तोष 'ए' डिभिजन लिगमा १ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाल पुलिस क्लबविरुद्ध खेल सुरु भएको १७ औं मिनेटमा गोल गर्दै सन्तोषले नेपाली फुटबलकै माथिल्लो श्रेणीको लिगमा कीर्तिमानी बनाएका हुन् । 

सुरुवाती दुई खेलमा ३ गोल गर्दै लिगमा आफ्नो गोल संख्या ९९ पुर्‍याएका सन्तोषले 'ए' डिभिजन लिगस्तरको खेलमा आफ्नो नाममा कीर्तिमानी दर्ज गराएका हुन् ।

उनले यस अघि संकटा क्लबविरुद्ध २ र मछिन्द्रविरुद्ध १ गोल गरेका थिए । सन्तोषको गोलसँगै च्यासलले पुलिसविरुद्ध १-१ गोलको बराबरी समेत गरेको छ ।

प्रतिकृया दिनुहोस