प्रदेशसभा बैठकअघि मुख्यमन्त्री पौडेलले भेटे विपक्षी दलका नेता
तीन नम्बर प्रदेशको राजधानी र नामकरण तोक्न नसकिरहेका मुख्यमन्त्री डोरमणि पौडेलले विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बानिया सँग भेटवार्ता गरेका छन् ।
बुधबार बोलाइएको प्रदेशसभाको बैठक बस्नु अगाडि मुख्यमन्त्री पौडेलले नेता बानियाँलाई भेटेका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले प्रदेशको राजधानी हेटौडा र नाम बागमती राख्ने निर्णय गरेको छ ।
यही निर्णय नेकपा प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेलले प्रस्तुत गरेका थिए । तर, नेकपाभित्रै सहमति जुट्न सकेको छैन । पार्टीभित्रै सहमति नजुटेपछि २१ पुसको बैठक आजसम्मलाई स्थगित गरिएको छ ।
बैठक अगाडि कांग्रेस संसदीय दलका नेतासँग नाम र राजधानीबारे नै कुराकानी भएको बताइएको छ ।