थप समाचार बुधबार, पुस २३, २०७६

यसरी भएको थियो इरानमा विमान दुर्घटना (भिडियोसहित)

हिमालखबर

यसरी भएको थियो इरानमा विमान दुर्घटना  (भिडियोसहित)
तस्वीर: अनाडोलु एजेन्सी

इरानमा भएको युक्रेनी विमान दुर्घटनामा कोही पनि यात्रु बाँकी नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

इरानमा १८० जना यात्रु बोकेको युक्रेनी विमान दुर्घटना भएको छ । युक्रेनी इन्टरनेशनल एयरलाइन्सको विमान इरानको तेहरानस्थित इमाम खोमेनी विमानस्थलमा टेकअफ भएको केही समयमा नै दुर्घटनामा परेको थियो ।

प्रारम्भिक रिपोर्टअनुसार विमान इरानबाट युक्रेनको राजधानी किभीतर्फ जाँदै थियो ।

इरान र अमेरिकाबीच तनाव बढी रहेका बेला भएको यस दुर्घटनालाई शंकास्पद तवरले हेरिएको छ ।

विमान दुर्घटना भएको क्षेत्रमा रेस्क्युका लागि टिम पठाएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार कोही पनि जिवित भेटिने सम्भावना नरहेको बताएको छ ।

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिकृया दिनुहोस