इरानमा १८० यात्रु बोकेको विमान दुर्घटनाग्रस्त
इरानमा १८० यात्रु बोकेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको छ ।
इरानको राजधानी तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने वित्तिकै विमान दुर्घटनामा परेको हो । युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमानमा १८० यात्रु र १२ चालक दलका सदस्य थिए ।
विमानस्थल नजिकैको क्षेत्रमा भएको दुर्घटनाका लागि उद्धार टोलीहरु परिचालन गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
विमान दुर्घटनाको सम्बन्धमा इरान–अमेरिकाको तनावसँग रहे नहरेबारे प्रष्ट हुन नसकेको जनाइएको छ ।