सामुहिक बलात्कारको अभियोगमा चार जनालाई फाँसीको सजाय
भारतमा सामुहिक बलात्कार प्रकरणका दोषी ठहर गर्दै चार युवालाई फाँसीको सजाय सुनाइएको छ ।
१६ डिसेम्बर २०१२ मा निर्भया (नाम परिवर्तन) माथि सामुहिक बलात्कारकाे दाेषी ठहर गर्दै फाँसीको सजाय सुनाइएकाे छ ।
फैसलाअनुसार, २२ जनवरी बिहान सात बजे फाँसी दिइनेछ । अक्षय, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंह सामुहिक बलात्कारमा संलग्न भएकाले दोषी ठहर गर्दै फाँसीको सजाय सुनाइएको हो ।
सामुहिक बलात्कारमा परेकी निर्भयाको उपचारको क्रममा मृत्यु भएको थियो । फाँसीको सजाय स्वागत गर्दै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यो फैसलाले अरुलाई पनि पाठ सिकाउने विश्वास लिए ।
निर्भयाका बाआमाले बल्ल छोरीले न्याय पाएको प्रतिक्रिया दिएका छन् ।