इराकबाट सेना फिर्ता नहुने अमेरिकी प्रष्टोक्ति
इराकबाट अमेरिकी सेना फिर्ता नहुने अमेरिकी रक्षामन्त्रीले जनाएका छन् । अमेरिकी एक सैन्य जेनेरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रबारे रक्षामन्त्रीले स्पष्ट पारेका हुन् ।
रक्षामन्त्रीले इराकबाट सेना फिर्ता गर्ने उपयुक्त समय नआएको बताएका छन् । इरानका सैन्य कमाण्डर कासिम सुलेमानी मारिए पछि इराकमा रहेका अमेरिकी सेनाबारे चिन्ता गर्दै फिर्ता लैजानेबारे प्रस्ताव लेखिएको थियो ।
राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा सुलेमानी मारिए पछि इरानले अमेरिकी विरुद्ध बदला लिने घोषणा गरेको छ ।
रानले इराकबाट अमेरिकी सेना फिर्ता लैजाने भनेको छ । तर, इराकबाट सेना फिर्ता लैजानु परे इरान विरुद्ध सवैखाले प्रतिबन्ध लगाउने अमेरिकाले चेतावनी दिएको छ ।