खेलकुद सोमबार, पुस २१, २०७६

रोनाल्डोको ह्याट्रिकसँगै युभेन्टस शीर्ष स्थानमा

हिमालखबर

रोनाल्डोको ह्याट्रिकसँगै युभेन्टस शीर्ष स्थानमा

इटालियन सिरि ए मा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन् । सोमबार राति कागगिरी विरुद्ध रोनाल्डोले ह्याट्रिक गरेका हुन् ।

रोनाल्डोको ह्याट्रिक सँगै युभेन्ट कागगिरीसँग ४–० को फराकिलो गोल अन्तरले विजयी बनेको छ । पहिलो हाफ गोल रहित बराबरी सकिएको थियो । तर, दोस्रो हाफमा कागगिरी सम्हालिन सकेन ।

युभेन्टसका लागि रोनाल्डोले ४९, ६७ र ८२औं मिनेटमा गोल गरे । पाउलो डिवालालाई डी बक्सभित्र फल गरेपछि युभेन्टसले पेनाल्टी मार्फत पहिलो गोल गरेको थियो । रोनाल्डोले पेनाल्टीमा पहिलो गोल गरे । दोस्रो गोल ६७औं मिनेटमा रोनाल्डोले नै गरे ।

८१औं मिनेटमा गोञ्जालो हिग्युनले युभेन्टसका लागि तेस्रो गोल गरे भने यसको एक मिनेट नबित्दै रोनाल्डोले ह्याट्रिक गरे ।

जितसँगै, युभेन्ट १८ खेलबाट ४५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको इन्टर मिलान ४२ अंक सहित दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस